विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

२६ आश्विन २०७५ शुक्रवारको राशिफल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वि.सं. २०७५ साल असोज २६ गते। शुक्रबार। इश्वी सन् २०१८ अक्टोबर १२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– तृतीया, ६:५१ बजेउप्रान्त चतुर्थी। नक्षत्र– विशाखा, १३:०५ बजेउप्रान्त अनुराधा। योग– प्रीति, ११:३४ बजेउप्रान्त आयुष्मान्। करण– गर, ६:५१ बजेदेखि वणिज, १८:५२ बजेउप्रान्त भद्रा। आनन्दादिमा मातंग योग। चन्द्रराशि– तुला, ६:५५ बजेउप्रान्त वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:०२ बजे, सूर्यास्त– १७:३६ बजे र दिनमान २८ घडी ५५ पला। शारदीय नवरात्र। सर्वार्थसिद्धि योग १३:०५ देखि १८:५२ बजेसम्म।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च हुनेछ । अधिकार प्राप्तिका लागिपनि संघर्श गर्नु पर्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिवारमा सुख सन्तोष छाउला । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । आकस्मिक धन लाभ हुनेछ । विद्यामा सफलता पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चिताएको कामले तीव्रता लिनेछ । शुभकायको चर्चा चल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । कार्य सम्पादनमा समस्या आउला । वैदेशिक क्षेत्र कमजोर रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । रमाइलो यात्राको योग रहेको छ । राज्यबाट मानसम्मान मिल्नेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । लाभदायक यात्रा रहला । मेहनतीहरूका लागि दिन बढी फलदायी रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अनावश्यक धन खर्च हुनेछ । सामान हराउने वा नष्ट हुन सक्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कार्यको थालनी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) गरेको कार्यमा सफलता पाईनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक कार्य सम्पादन गर्नसकिने छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । भाग्यले विभिन्न अवसर जुराउने छ । बोलीको प्रभाव पनि बढ्नेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time