१ सय २९ औं अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

काठमाडौं १८, बैशाख -सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाउन सुरु गरिएको १ सय २९ औं अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ ।

श्रम ऐन एवम् सामाजिक सुरक्षा कोष ऐन कार्यान्वयन गर्न सरकारसँग माग गर्न मजदुर संगठनहरुले काठमाडांैमा श्रमको उचित सम्मान गर्न माग गर्दै ¥याली निकालेका छन ।

नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल ट्रेड युनियन महासंघलगायतका मजदुर संगठनहरुले निकालेको ¥याली काठमाडौंको विभिन्न स्थानमा परिक्रमा गरी कोण सभामा परिणत भएको छ ।

नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनपछि सरकारले यस अवसरमा सार्वजनिक विदा समेत दिँदै आएको छ ।

मजदुर आन्दोलनको सम्झनामा सन १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिकका दिन श्रमिक दिवस मनाउने गरिन्छ

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment