१४ औं अन्र्तराष्ट्रिय औद्योगिक ब्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुदैं

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

काठमाडौं, २८ फागुन । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा १४ औं अन्र्तराष्ट्रिय औद्योगिक ब्यापार मेला तथा घरेलु उद्योग महोत्सव आउदो बैशाख १४ गते देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने भएको छ ।

प्रदर्शनीमा लघु घरेलु तथा साना उद्यमीहरुद्धारा उत्पादित एंव छरिएर रहेका मौलिक बस्तुहरुको प्रदर्शनी, महिला उद्यमीहरुद्धारा उत्पादित बस्तुहरुको प्रदर्शनी लगायतका थुप्रै प्रदर्शनी रहने आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा सार्क मुलुक भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका तथा चीनका उद्यमीहरु समेतको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । २५० भन्दा बढी स्टल रहने यस प्रदर्शनीमा निशुल्क प्रवेशको ब्यवस्था गरेको आयोजकले जनाएको छ ।

लघु घरेलु तथा साना र महिला उद्यमीका उत्पादनहरु आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका मुख्य संवाहक हुन भन्ने तथ्य स्थापित गर्दै यस्ता उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्नू यस प्रदर्शनीको मुख्य उद्देश्य आयोजकले लिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time