विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

१३ जेठ २०७५ आइतवारको राशिफल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ कार्यको चर्चा चल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।लाभदायक यात्रा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेममा मधुरता छाउनेछ । अधुरो काम पूरा हनेछ । घरमा अतिथीको आगमन हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) यात्रामा सावधानी अपनाउनु पर्नेछ । मन खिन्न हुने स्थिति आउनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कार्यको थालनी हुनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । अनावश्यक धन खर्च हुनेछ । कार्यमा बाधा आउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । बौद्धिकताको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कार्यको योजना बन्नेछ । कुटुम्बको सहयोग मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पुनर्मिलनको योग रहेको छ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । आर्थिक कारोवारमा मन्दी आउनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time