विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

०१ आषाढ २०७५ शुक्रवारको राशिफल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभदायक यात्रा रहला । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । शुभकार्यको चर्चा चल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समय छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । मिहिनेत गर्दा प्रगति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । शुभकार्यको चर्चा चल्नेछ । रुलाई प्रभावित पारेर काम बन्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । बिवाद एवं चिन्ता बढ्नेछ । मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुस्टि मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । कार्य सम्पादनमा सहजता मिल्नेछ । परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) हल्लाको भर पर्दा दुख पाइने छ गरेका काममा ढिलासुस्ती हुनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । मनमा हर्ष छाउनेछ । आºनो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ अलंकारको प्राप्ति हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) श्रमको उचित मुल्याङन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आत्मिक सन्तुष्टि मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । अतिथिका रूपमा सम्मान पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time