Thursday, September 24, 2020

हमासले विद्यार्थीलाई मानव ढाल बनाएको नेतन्याहुको आरोप

जेरुसेलम, २८  जेठ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास समूहले गाजा क्षेत्रका दुई विद्यालयमा सुरुङ बनाई विद्यार्थीहरुलाई मानव ढाल बनाइएको भनी कडा आलोचना गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको प्यालेस्टिनी शरणार्थीको अधिकारका लागि कार्यरत संस्था (युएनआरडब्लूए) ले दुई विद्यालयभित्र सुरुङ भेटिएको बताएपछि नेतन्याहुको सो प्रतिक्रिया आएको हो । उहाँले युएनआरडब्लूएले संयुक्त राष्ट्रसङ्घसँग विवादास्पद गतिविधिमा सम्लग्न गरेको आरोप लगाउदै सो संस्थालाई विघठन गर्न जोडदार माग गर्नुभएको छ ।
अमेरिकी राजदूत निकी हेलीसँगको कुराकानीमा डर अल बालाहको अल मघाजी शरणार्थी शिविर क्षेत्रमा रहेका दुई विद्यालयभित्र सुरुङ भेटिएको भन्दै शरणार्थीका लागि काम गर्ने उक्त संस्थाको गतिविधिमाथि नै प्रश्न उठेको नेतन्याहुले बताउनुभयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •