Saturday, September 26, 2020

हनुमन्ते खोलाकाे नवनिर्मित पुल अाजदेखि सञ्चालनमा

काठमाडौँ, २० असोज – भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिका जोड्ने हनुमन्ते खोलामा निर्माण गरिएको पुल आजदेखि सञ्चालनमा ल्याइएको छ ।

हनुमन्ते खोला पुल उपभोक्ता समितिले मध्यपुरथिमि नगरपालिका–१ घलातेमा रु २९ लाख ३५ हजार लागतमा निर्माण गरेको उक्त पुलका लागि जिल्ला समन्वय समितिबाट रु १३ लाख ६६ हजार ४७७, भक्तपुर नगरपालिकाबाट रु एक लाख ७७ हजार ५६९ र स्थानीय उपभोक्ताबाट सङ्कलित रु ५७ हजार २३३ उपलब्ध गराइएको थियो । उक्त पुलबाट मध्यपुरथिमि नगरपालिका तथा सूर्यविनायकका हजारौँ स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ ।

पुल उद्घाटनका क्रममा पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले हनुमन्ते नदीको सफाइ अभियानसँगै विकासको गतिलाई सँगसँगै जाडेर लगिने बताउनुभयो । उहाँले राजनीतिक आग्रह वा पूर्वाग्रहभन्दा देश विकासलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद बस्नेतले कोटेश्वर–जडीबुुटीको जाम हटाउन हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माण प्रक्रिया अघि बढिसकेको पनि बताउनुभयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •