Monday, September 21, 2020

स्वरोजगार कोषमा अनियमितता र भ्रष्टाचारको चाङ

काठमाडौं – सरकारले बेरोजगार युवाहरुलाई रोजगार बनाउने उद्देश्य राखेर सञ्चालन गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयमा अनियमितता र भ्रष्टचारको चाङ फेला परेको छ ।

कोषको रकम छनोट, वितरण, कर्मचारी भर्ना, अनुगमन, सेवा सुविधा लगायतमा व्यापक अनियमितता र भ्रष्टाचार फेला परेको हो । कोष व्यवस्थापन समितिले स्वरोजगारको नाममा सुन व्यवसायी, बस तथा ट्याक्सी व्यवसायी, होससेल पसल, मालसामान सप्लाई गर्ने डिलर लगायतलाई रकम बाडेको फेला परेको हो ।

राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनमा कोषका कार्यकारी निर्देशकले नै पेन्सन तथा कोषको दोहोरो सुविधा समेत लिदैं आएको तथ्य भेटिएको छ । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

कोषले १५ वर्षमा ५५ हजारलाई स्वरोजगार बनाएको दाबी समेत झुटो रहेको सतर्कता केन्द्रको छानबिनका क्रममा फेला परेको छ । उनीहरु पहिलेदेखि नै रोजगार रहेको तर कोषले १५ वर्षमा ५५ हजारलाई स्वरोजगार बनाएको झुटो दाबी पेश गरेको सकर्तता केन्द्रको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •