स्ट्राइकर रोनाल्डोविरुद्ध कर छलीको आरोप

0 Shares

स्पेन, ३० जेठ ।

क्रिष्टियानो रोनाल्डोमाथि कर छली गरेको आरोप लागेको छ । रियल मड्रिडका स्ट्राइकर रोनाल्डोमाथि स्पेनका अधिकारीले लाखौं युरो बराबरको कर छली गरेको भन्दै आरोप दर्ता गरेका हुन् । रोनाल्डो विरुद्ध स्पेनका कानुनी अधिकारीले आरोप पत्र दर्ता गरेको बिबिसीले जनाएको छ । रोनाल्डोमाथि सन् २०११ देखि २०१४ सम्ममा एक करोड ४७ लाख युरो कर छली गरेको आरोप लागेको छ । रोनाल्डोले यसअघि नै आफूले लुकाउनु पर्ने केही काम नगरेको बताउँदै आफ्नो कर सम्बन्धमा भइरहेको अनुसन्धानबाट आफूलाई कुनै चिन्ता नरहेको बताएका थिए । रोनाल्डोमाथि आफ्नो तस्बिरबाट भएको आम्दानी लुकाउनका लागि व्यवसायको खोल ओढाएको आरोप पनि लागेको छ । गएको डिसेम्बरमा चुहावट भएको कागजातमा रोनाल्डोल कर छलीका लागि अफसोर खाता प्रयोग गरेको दाबी गरिएको थियो । फोर्ब्सका अनुसार रोनाल्डो बढी आम्दानी गर्ने खेलाडी हुन् ।

onlinekhabar

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares

प्रतिक्रिया दिनुहोस

comment