सूर्तिजन्य पदार्थको सेवन र आधुनिक जीवनशैलीका कारण क्यान्सर रोगी बढ्दै

0 Shares

काठमाडौं, ९ फागुन

सूर्तिजन्य पदार्थको सेवन तथा आधुनिक जीवनशैलीका कारण नेपालमा बर्सेनि क्यान्सर तथा मुटु रोगी बढ्दै गएको यहाँ आज आयोजित कार्यक्रमका वक्ताहरूले बताउनुभएको छ ।  क्यान्सर काउन्सिल नेपालको आयोजनामा सेन्टजेभियर्स कलेजले आज यहाँ आयोजना गरेको वातावरणीय प्रभाव, धुम्रपानको नकारात्मक असर, क्यान्सर तथा मुटु रोगको बारेमा जनचेतनामूलक कार्यक्रमका वक्ताहरूले सो धारणा व्यक्त गर्नुभएको हो । कार्यक्रममा वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा डा विष्णुदत्त पौडेलले नेपालमा सूर्तिजन्य पदार्थको कारण र आधुनिक तरिकाको जीवनशैलीले गर्दा दिन प्रतिदिन क्यान्सर तथा मुटु रोगीहरूको सङ्ख्या बढ्दै गइरहेको बताउनुभयो । जनचेतनाको अभाव र स्वास्थ्य सेवाको अभावमा प्रत्येक वर्ष २० हजारभन्दा बढी क्यान्सर रोगीहरू रोगको पहिचानै नभई मर्ने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार जनचेतनामूलक कार्यक्रममार्फत क्यान्सर तथा मुटु रोगीको सङ्ख्या कम गराई स्वस्थ समाज निर्माणका लागि अति नै उपयोगी हुने प्रष्ट पार्नुभयो । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्र्रलाल कडरियाले नेपालमा ३४ हजारभन्दा बढी मानिस लागुपदार्थको कुलतमा फसेको बताउनुभयो । सुरुको अवस्थामा युवाहरू सूर्तिजन्य पदार्थको प्रयोग गरेतापनि कालान्तरमा लागुपदार्थको सेवनमा फस्ने गरेको उहाँले जानकारी दिनुभयो ।  सेन्टजेभियर कलेजका कोअर्डिनेटर गजेन्द्र चन्दका अनुसार यस्ता जनचेतनामूलक कार्यक्रम अति नै उपयोगी रहेको र क्यान्सर काउन्सिल नेपालले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर विद्यार्थीहरूलाई सूर्तिजन्य पदार्थबाट जोगाउन गरेको प्रयासलाई प्रशंसा गर्नुभयो । रासस

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares

प्रतिक्रिया दिनुहोस

comment