सूचना, प्रविधिको प्रयोगमा जोड दिनु पर्छ : जनार्दन शर्मा

नेपाल कम्युनिष्ट पार्टिका नेता तथा पुर्व गृहमन्त्री जनार्दन शर्माले सुचना प्रविधी विना आधुनिक समाजको कल्पना सम्भव नभएको बताए । उहाले मालीका इन्कर्पोरेट प्रालीको उद्घाटन समारोहमा बोल्दै सुचना प्रविधीले विश्वलाई ग्लोवल भिलेजमा रुपान्तरण गरेको उल्लेख गर्दै नेपालमा यसको विकास र विस्तार आवश्यक रहेको बताए ।

साथै सुचना प्रविधी समाजका हरेक क्षेत्र स्कुल, बैंकिङ, स्वास्थ्य, सरकारी तथा गैरसरकारी कार्यालयहरुमा प्रयोग गरि सुविधा उपलब्ध गर्न सक्ने भएकाले डिजिटल समाज निमार्णमा महत्वपुर्ण भुमीका रहने बताए । साथै यसले अहिलेको वर्तमान सरकारका काम कारवाहि अगाडी बढाउन महत्वपुर्ण भुमीका खेल्ने विश्वास व्यक्त गरे ।

मालीका इन्कर्पोरेट प्रालीले माइक्रो प्रोसेसर चिप जडित स्मार्ट कार्ड, स्मार्ट कार्ड प्रिन्टर, जेब्रा जेटएक्सपि थ्रि कार्ड प्रिन्टर जस्ता प्रविधी बजारमा ल्याएको छ । यसले स्मार्ट हस्पिटल प्रोजेक्ट, स्माट स्कुल कलेज प्रोजेक्ट, स्मार्ट लाइसेन्स प्रोजेक्ट, स्माट ब्लु बुक, स्मार्ट आइडीकार्ड, डिजिटल लालपुर्जा, साथै बैंकिङ क्षेत्रलाई समय सापेक्ष स्मार्ट बनाउनुका साथै मुलुकलाई प्रविधीका क्षेत्रमा अभ्यस्त बनाउने कम्पनीका अध्यक्ष टिकाराम जोशीले बताए ।

साथै सरकारले स्मार्ट लाइसेन्स लागु गर्ने भनिसकेपछि पनि ११ लाख लाइसेन्स पेन्डीङमा रहेको र यस प्रविधीको प्रयोग गरी ३ महिना भित्र यो समस्या समाधान गर्न सक्ने बताए । भ्रटाचार नियन्त्रण र व्यवसायलाई आदर्श बनाउन समेत यसले सहयोग गर्ने बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time