Saturday, August 15, 2020

सुनिता कुमारी स्मृति बाल प्रतिभा पुरस्कार मष्तिष्क पक्षघात भएकी सुवेच्छा खतिवडालाई

२३ कात्तिक । काठमाडौँ ।

नारी साहित्य प्रतिष्ठानद्वारा यो बर्षको सुनिता कुमारी स्मृति बाल प्रतिभा पुरस्कार सुवेच्छा खतिवडा र योगिसा खत्रीलाई प्रदान गरिएको छ । शनिबार प्रतिष्ठानले एक कार्यक्रम गरी दुवै जनालाई  रु. १० हजार सहित यो पुरस्कार प्रदान गरेको हो ।

सम्मानित हुनेहरुमा सुवेच्छा खतिवडा मष्तिष्क पक्षघात भएकी खेलाडी हुन । उनले अपाङ्गता भएका व्यक्तिहरुको लागी नेपाल बोसिया संघ, राष्ट्रिय खेलकुद परिषद् द्वारा आयोजित बोसिय खेलकूद प्रतियोगिताहरुमा सहभागी भई आफ्नो प्रतिभा तथा क्षमता प्रदर्शन गरेकोमा सो पुरस्कार प्रदान गरिएको नारी साहित्य प्रतिष्ठान, नेपालकी अध्यक्ष गीता कार्कीले जानकारी दिनुभयो ।

बायाँबाट क्रमशः नेपाल बोसिया संघकी महासचिव देवकुमारी पराजुली, सुवेच्छाको बुवा विमल खतिवडा, बिजेता सुवेच्छा खतिवडा, आमा शोभा विष्ट खतिवडा, नेपाल बोसिया संघकी अध्यक्ष गोमादेवी पौडेल

सुवेच्छा खतिवडा प्रदेश नम्बर १ को मोरङ जिल्लामा जन्मिई हाल एम्बिसन एकेडेमी बानेश्वरमा कक्षा ५ मा अध्ययनरत रहेको र उनि कविता लेखनमा पनि सशक्त रहेको अपाङ्गता भएका व्यक्तिहरुको लागी नेपाल बोसिया संघकी महासचिव देवकुमारी पराजुलीले बताउनुभयो ।

यस्तै अर्की विजेता योगिसा खत्री नृत्यमा अब्बल रहेकोले यो पुरस्कार प्रदान गरिएको हो । उनि बाल कलाकार पनि भएकोले र सानो उमेरमा पनि उनले प्रस्तुत गरेको सशक्त नृत्यले गर्दा उनलाई यो पुरस्कारको समर्पण गरिएको आयोजकले बताएको छ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति रायन (नारायणभक्त श्रेष्ठ) को प्रमुख आतिथ्यता,  प्राध्यापक डा. सुरेन्द्र के.सी. को विशिष्ट आतिथ्यता, साहित्यकार उषा शेरचन, अपाङ्गता भएका व्यक्तिहरुको लागी नेपाल बोसिया संघकी महासचिव देवकुमारी पराजुली लगायतको आतिथ्यता रहेको थियो ।

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares