सीप हुनेलाई सम्मान, सीप नहुनेलाई न काम न सम्मान

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares
     

केही वर्ष अघि म भारतमा काम गर्थें । स्वदेशमा कुनै अवसर नदेखेपछि जीविकाको लागि भारत जानु मेरो बाध्यता थियो । तर भारतको रोजगारीले धेरै प्रगति होला जस्तो लागेन । त्यसैले खाडीको देश जाने सोच बनाएँ । तर, कहाँ जाने ? कसरी जाने केही थाहा थिएन । तर मेरो छिमेकी दाई सुरक्षित आप्रवासन परियोजना (सामी) मा काम गर्नुहुन्थ्यो । उहाँले मलाई वैदेशिक रोजगारी तथा त्यसका राम्रा र नराम्रा कुराका बारेमा बुझाउनुभएको थियो । उहाँले मलाई विदेश जाने भए सीप सिकेर मात्रै जान सल्लाह दिनुभयो । उहाँकै सल्लाहमा मैले सिसिएस अन्र्तगत सामी परियोजनाको धनगढीमा रहेको सूचना तथा परामर्श केन्द्रले मलाई प्लम्बरको तालिमका लागि काठमाडौ पठायो । एफ स्किलले खाने र बस्ने पैसा नलिई मैले तालिम लिएँ । एफ स्किलले नै मलाई भक्तपुरमा रहेको निखिल मल्टिसर्भिसेज प्रालिमा पठायो । मैले ४५ दिन त्यहाँ प्लम्बरको तालिम दियो । तालिम लिइसकेपछि म आइसिसीले दिएको सूचनाको आधारमा सन् २०१४ को अन्तिमतिर दुवई पुगें । अरु विदेश पुगेदेखि नै दुःख पाएका कुरा सुनेको थिएँ । तर मैले दुवईमा कुनै समस्या भोग्नु परेन । कम्पनीले मलाई सम्झौता अनुसार मलाई १ हजार दिराम नै पारिश्रमिक दियो । काम पनि सम्झौता अनुसारकै पाएँ । सीप सिकेर गएका र त्यतिकै गएकाहरुबिच गरिने व्यवहार आकाश पातालकै फरक हुँदो रहेछ । हाम्रो कम्पनीमा झण्डै ६० जना नेपाली काम गर्थे । ती सबैलाई कम्पनी र मालिकले एकनासको व्यहार गर्दैनथ्यो । म र मसँग गएका साथीहरुले भने तालिम लिएर गएकाले कहिल्यै हेपिनु परेन । तर, काम नसिकी गएका नेपालीहरुले भने निकै हेपिनुपथ्र्यो । उनीहरुले(मालिक) जे भन्यो त्यही मान्नु पर्ने हुन्थ्यो । भनेको समयमा पारिश्रमि नदिने, भनेकै जस्तो काम पनि नदिने जस्ता व्यावहार गर्थे ।त्यतिबेला मलाई काम सिकेर गयो भने भनेको काम र दाम अनि सुरक्षा पनि पाइँदो रहेछ भन्ने लाग्यो ।अरुको दुःख देख्दा काम सिकेर आएको ठीकै भयो भन्ने लाग्थ्यो । यो देख्दा विदेशको साथी सीप र क्षमता पो रहेछ जस्तो लाग्थ्यो । म दुई वर्षको भिसाको म्याद सकिएपछि यो वर्षमा घर फर्किएको छु । त्यहाँ कमाएको पैसा घरमा काम लाग्यो ।विदेश जाने मनसाय बनाएका साथीहरुलाई म सीप सिकेर जान सल्लाह दिन्छु । किनकी सीप बिना त्यहाँ हरेक कुरामा जोखिम हुने रहेछ । हातमा सीप छ भने मालिक र कम्पनीले पनि राम्रो व्यवहार गर्छ । सीप र क्षमतालाई नै अरुले सम्मान दिन्छन् ।

by Ujyaaloonline

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time