विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

सिपाहीको डायरी : युद्धरत सिपाहीको सशक्त दस्तावेज

आगामी शनिबार लोकार्पण हुँदै

  • 183
  •  
  •  
  •  
  •  
  •  
  •  
    183
    Shares

भनिन्छ जिवन अनुभवहरुको दस्तावेज हो । जिवन जिउन जान्नेहरुको लागी जिवन फूलैफूलको फूलबारी हो । जिवनको सुरुवातदेखी अन्तिम क्षणसम्म हरेक मानवले कर्म बिना रहनु असम्भव प्रायः छ । नेपाली जनजिवनमा महाभारतको चर्चित युद्ध आजका दिनसम्म पनि मानिसहरुको मानसपटलमा सुरक्षित छ मानौँ कम्प्युटरको हार्ड डिस्कमा सुरक्षित गरिएको विवरण जस्तो ।

नयाँ होस् वा पुरानो पुस्ता युद्धको विवरण र त्यस क्रममा घटेका घटनाहरुलाई पढ्दै गर्दा हरेक पाठकले आँफैलाई युद्धका बिभिन्न पात्रहरुको रुपमा पाउँछ । त्यसैकारण युद्धको बिषयमा लेखिएको विवरण र कथावस्तुहरु मानव अभिरुचीका बिषय हुने गरेका छन् जसको अध्ययनले हरेक पाठक स्वयम् रोमाञ्चित हुन्छ र यस्तो कथात्मक विवरणले  पाठकमा उत्सुकता र उर्जा पैदा गर्छ ।

नेपाली साहित्याकाशमा लेखिएका युद्ध उपन्यासमा आगामी शनिबारबाट अर्को नयाँ कृति थपिन लागेको छ, सिपाहीको डायरी । देशको रक्षार्थ आफ्नै आमाबाबु पनि दुश्मन भएर आए उनिहरुलाई प्रहार गर्न नछोड्ने कसम खाएर भर्ती भएको सिपाहीले भर्ती प्रक्रियाबाट तालिम हुँदै युद्धको मैदानसम्म के कस्ता परिणतीहरु व्यहोर्नुपर्यो भन्ने विवरणात्मक अनुभव एवं अनुभुतीहरुको सँगालो लिएर सिपाहीको डायरीले नेपाली साहित्य जगतमा  यहि शनिबार सृजनात्मकताको नयाँ सिढी आरोहण गर्दैछ ।

सिपाहीको डायरी के हो भनेर प्रश्न सोध्नेहरुलाई  सिधा उत्तर  “सिपाहिको डायरी,” प्रेम, युद्ध र पुनर्जन्मको डायरी हो ।

औपचारिक अध्ययनकै बिचमा लडाई पर्दा मातृभूमिको रक्षार्थ सिपाहीमा भर्ति लाग्छ म पात्र । लडाईमा होमिन्छ ।

पुरै ब्यारेक कब्जा भएपछि सिपाहीका धेरै साथीहरु अपहरणमा पर्दछन भने धेरै जना सिपाही हताहत हुन्छन । लडाईमा मरेका सिपाहीहरुको लास बम गोलाले सनाखत गर्न अप्ठ्यारो भएकोले घरपरिवारले झुक्किएर काजक्रिया समेत गरेको र  पछि जिवित भएर फर्कदा उसको परिवारले जनाएको प्रतिकृयाले हरेक पाठकलाई सोँच्न बाध्य बनाउँछ ।

अर्कोतर्फ अपहरणमा परेको सिपाही र छापामार बिचमा रहेको  अस्वभाविक जस्तो लाग्ने प्रेमकहानी निकै रोचक छ ।  म पात्रकी प्रेमिका पनि छापामारहरुले थापेको धरापमा परि अपाङ्गता भएको व्यक्ति भएर बाच्न बाध्य भएपछि कथाले नयाँ मोड लिन्छ । यसरी तिन धारमा अगाडि बढेको उपन्यासले हरेक युद्धका सिपाहीको इति वृतान्त प्रस्तुत गरेको छ ।

दैलेखमा जन्मिएर नयाँ भविष्यको कल्पनामा रमाइरहेको युवालाई के कारणले युद्धको मोर्चामा होमिन प्रेरित गरिरह्यो ?मातृभूमीको रक्षार्थ बलियो खम्बा भएर उभिने सङ्कल्प लिएर एउटा युवाले किन घर छोड्नु पर्यो ?  यि सबैको उत्तर पाउनका लागी एकचोटी सिपाहीको डायरी पढ्नै पर्ने हुन्छ । सिपाहीको डायरीमा आफ्ना अन्तरनिहित भोगाईहरुको स्मृतीलाई म पात्रले सशक्त रुपमा प्रस्तुत गरेको छ ।

तत्कालिन सशस्त्र संघर्षमा रहेका माओवादी र नेपाली सेनाले युद्धलाई कसरी अनुभुत गरे ? दुश्मनमाथी हमला गर्न र आफ्नो प्राण रक्षार्थ रणमैदानमा उत्रिदाको अनुभवले पुस्तकलाई मूल्यवान दस्तावेजको रुपमा स्थापित गरिदिएको छ ।

यो उपन्यास लडाईमा सिपाहीको मनोविज्ञान, अभिमान र शानले भरपूर छ । पुस्तक लोकार्पण कार्यक्रममा दक्षिण एसियाकै एकमात्र फिरेन्ते जाती राउटे पनि सहभागि हुँदै छन् । आगामी शनिबार काठमाडौँमा लोकार्पण हुँदै गरेको यो कृतीका लेखक चन्द्र कटुवाल हुन् । कृतिलाई बुलबुल प्रकाशनद्वारा प्रकाशन गरिएको हो ।

विभिन्न समयमा पत्रपत्रिकाहरुमा फुटकर लेख रचनाहरु पनि प्रकाशित गरिरहने दैलेखमा जन्मिएका लेखक कटुवालकाे यो पहिलो कृति हो ।  विशेषतः सामाजिक विषयवस्तुमा लेख्न मन पराउने यि शब्द साधक हाल राष्ट्रिय अपाङ्ग महासंघमा राष्ट्रिय कार्यक्रम संयोजकका रुपमा कार्यरत छन् भने योग र महिला सशक्तिकरण भन्ने बिषयमा विद्यावारिधी गर्दै छन् ।

 

 


  • 183
  •  
  •  
  •  
  •  
  •  
  •  
    183
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time