Thursday, September 24, 2020

सिके राउत पक्राउ:राज्यविरुद्धको अपराधमा मुद्दा चलाइने

गौर, २१ असोज  । मधेशलाई छुटै राज्य बनाउने अभिव्यक्ति दिँदै आएका डा सिके राउत आज अपराह्न गौरमा पक्राउ परेका छन् ।

स्वतन्त्र मधेशको वकालत गर्दै आएका डा राउतलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो । जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको थियोे । राज्यविरुद्ध अभिव्यक्ति दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिनुभएको छ ।

अदालतमा डा राउत करीब १०० समर्थकसहित उपस्थित भएका थिए । राउतलाई राज्यविरूद्घको अपराधमा मुद्दा चलाइने बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •