Friday, September 25, 2020

सार्वभौमिकता कुण्ठित गरेर एमसीसी पास गर्नु हुन्न : गृहमन्त्री

११ माघ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सार्वभौमिकता कुण्ठित गरेर एमसीसी पास गर्न नहुने बताएका छन् ।

एमसीसी अनुदानलाई लिएर नेकपामा चर्को बहस चलिरहेका बेला गृहमन्त्री थापाले त्यसका प्रावधान संशोधन गरेर मात्रै पारित गर्नुपर्ने बताएका हुन् । उनले नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित पार्ने देखिए एमसिसी मान्य नहुने पनि बताए ।

सुर्खेतमा आयोजित दुईदिने सुरक्षा गोष्ठीमा सहभागी हुन पुगेका गृहमन्त्री थापाले एमसीसीकाे बारेमा चर्चा गर्दै कर्मचारी राख्नेदेखि लेखापरीक्षणलगायत विभिन्न प्रावधानहरुमा अमेरिकाको निर्णय मान्नुपर्ने बाध्यता हुने खालका बिषयहरु संशोधन हुनुपर्ने बताए ।

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •