विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

साढे तीन हजार मुद्दा फछ्र्यौट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भीमदत्तनगर, २४ मङ्सिर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेश कार्यालय कञ्चनपुरले बितेको छ वर्षमा साढे तीन हजार मुद्दा फछ्र्यौट गरेको छ ।

भीमदत्तनगरमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा अख्तियारले परेका उजुरीमध्ये तीन हजार ६५२ वटा मुद्दा फछ्र्यौट गरेको जनाएको छ ।

मुद्दा दर्ता र फछ्र्यौटबारे जानकारी दिँदै कार्यालयले पछिल्लो समय उजुरी बढिरहेको बताएको छ । आयोगको तथ्याङ्कअनुसार सबैभन्दा बढी उजुरी दर्ता भएको कैलाली जिल्लाको एक हजार २२१ दर्ता उजुरीमध्ये एक हजार ३३ उजुरी फछ्र्यौट भएको छ ।

कार्यालय स्थापनादेखि हालसम्म दार्चुलाबाट २६१ उजुरी परेको थियो भने हालसम्म २१४ वटा उजुरी फछ्र्यौट गरिएको छ । त्यसैगरी बैतडीबाट परेको ४९५ उजुरी परेकामध्ये ३९५ फछ्र्यौट गरिएका छन् । डडेल्धुराबाट परेका ३५० उजुरीमध्ये २११ उजुरी फछ्र्यौट भएका छन् । कञ्चनपुरबाट परेको एक हजार ४४ उजुरीमा ९३३ फछ्र्यौट भएको अख्तियारले जनाएको छ ।

बझाङबाट अख्तियारमा परेका २४३ उजुरीमध्ये १८० फछ्र्यौट, सबैभन्दा कम बाजुराको ११६ दर्ता उजुरीमा १०६ वटा उजुरी फछ्र्यौट भएको छ ।

अछामबाट अख्तियारमा २११ उजुरी दर्ता भएका थिए जसमा १७४ फछ्र्यौट भइसकेको छ भने डोटीबाट ३४१ उजुरी परेकामा हालसम्म ३११ उजुरी फछ्र्यौट भइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कामु कार्यालय प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

आयोगले आव ०७०÷७१ मा २३२, आव २०७१÷७२ मा एक हजार १३४, ०७२÷७३ मा एक हजार ४३, २०७३÷७४ मा ६९५, २०७४÷७५ मा ४११ र चालू आवमा १२१ वटा मुद्दा फछ्र्यौट भएको जनाएको छ ।रासस

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time