सरकारले लाेभ लाग्दाे नीति त ल्यायो तर कार्यान्वयन र प्रवद्धनमा ध्यान दिएन् : कृषक

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

सरोज खनाल


नुवाकोट, अनुकुल मौसमका कारण यो वर्ष नुवाकोटमा आप उत्पादनमा वृद्धि भएको छ । आँप पाक्ने यो समयमा नुवाकोटको ग्रामिण भेग आपमय भएको छ । तर बोटमा फलेको आँप पाकेर लटरम्म हुँदा पनि बजार पाउँन सकेको छैन ।
नुवाकोटको बेलकोट गढी नगरपालिकामा यो वर्ष इतिहासकै धेरै आँप फलेको छ । कृषक रामानन्द शर्माका अनुसार यो नगरपालिका इतिहासकै नै धेरै आँप फलेको छ तर आँपले बजार नपाउँदा आापले गाउँघर नै दुर्घन्दित बनाएको छ । रुखमा फलेको आपँ पाकेर पाँखाभरी हुँदा पनि गाउँमा खाने मान्छे नभएको उहाँको गुनासो छ ।
अर्का कृषक नन्दराम सुनारको गुनासो पनि यस्तै छ । सरकारले बीना अनुगमन र पूर्वाधारबीना नै नगरपालिका घोषणा गर्यो तर नगरपालिकाको पूर्वाधार केही नभएको उहाँको गुनासो छ । नगरपालिका भित्र फलेका कुनै पनि कृषिजन्य उत्पादनले बजार नपाएको उहाँले बताउनुभयो । नगरपालिकाको सामान्य पूर्वाधार पनि पूरा नगरी सरकारले घोषणा गरेर आफूहरुलाई करको भारी बोकाएको तर कृषकलाई कुनै पनि राहतका काम नगरेको उहाँले गुनासो गर्नुभयो । पछिल्लो समय गढी नगरपालिकाको अधिकांश वडामा लटरम्म फलेको आपँ पाकेर झर्दा पनि बजारमा पुर्याउन नसकिएको बताउनुभयो । नगरपालिकामा उत्पादित कृषि सामाग्रीले सहज रुपमा बजार नपाउने नेपालमा अन्य ठाउँको दुर्दशा कस्तो होला ? उहाँले प्रश्न गर्नुभयो ।
नुवाकोटमा आँपले बजार नपाउनु अहिलेको समयमा एउटा उदाहरण मात्र हो । हर सिजन तथा बेसिजनमा उत्पादित कृषि सामाग्रीलाई बजार पुर्याउँन यहाँका किसानले हरेक समय दुख झेल्दै आएका छन् । पहिलो यातायातको सहज सुविधा छैन् । अध्ययन बीना जथाभावी खोलिएका सडक वर्षात सुरु भएसँगै भत्किने गरेका छन् । यी सडकमा अन्य समयमा पनि यातायात चल्दैनन् । अर्को किसानले घण्टौसम्म बोकेर बजार पुर्याएका सामानलाई बजारमा उचित मूल्य दिइदैन् ।
सरकारले पछिल्लो समय नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने नीति लिएको छ । सरकारका प्रमुख प्राथमिकतामा कृषि भएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । तर सरकारको योजना योजनामा नै सिमित भएको किसानको गुनासो छ । अधिंकाश किसान रहेको ग्रामिण भेगमा सरकारको नजर नपरेको नुवाकोटका किसानको गुनासो छ ।
अधिकांश नेपाली कृषि पेशामा आवद्ध भएको नेपालमा सरकारको मुख्य प्राथमिकता कृषि हुनु जायज कुरा हो । तर सरकारले लिएको नीति र कार्यक्रमले देश आत्मनिर्भर बन्दैन । साच्चिकै नेपाललाई कृषिमा आत्मनिर्भर बनाएर समृद्ध नेपालको परिकल्पना गर्ने हो भने ग्रामिण भेगमा उत्पादित कृषि सामाग्रीको उचित बजारीकरणको व्यवस्था गर्दै माटो अनुकुल उत्पादनमा ध्यान ध्यान दिनुपर्ने जरुरी रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment