समाचार लेखेकै कारण पत्रकारलाई धम्की !

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

गायक तथा संगीतकार टंक बुढाथोकीले आफ्नो विरुद्धमा समाचार लेखेको भन्दै पत्रकारलाई धम्की दिएका छन् । गज्जबको अनलाइनका पत्रकार संयोग नेपालले केहि दिन अघि टंकले बंगलादेशी गीत कपि गरको समाचार सम्प्रेशण गरेपछि फोन गरेर पत्रकार नेपाललाई धम्की दिएका हुन् । गज्जबको अनलाइनले केहि दिन अघि ‘रुपै मोहनी’का संगीतकार टंकको अर्को काण्ड, दुरुस्तै चोरे बंगलादेशी गीत (प्रमाणसहित) शीर्षकमा समाचार लेखेको थियो ।

समाचार लेखेको ३ तीन दिनपछि संगीतकार एवं गायक बुढाथोकीले फोन गरेर आफुलाई धम्की दिएको पत्रकार नेपालले बताएका छन् । त्यती मात्रै होइन् उनले पत्रकार नेपाललाई पैसाको प्रलोभन पनि दिएका छन् । फोन कुराकानीमा टंकले पत्रकार नेपाललाई भनेका छन्– ‘हावा हावा न्युज बनाउने ? पैसा चाहिएको छ भने पैसा लिन आउनुस् ।’
यो अडियो रेकर्ड सुन्नुहोस् ।

गायक बुढाथोकीले आफुले बंगादेशी गीत चोरको पनि स्विकार गरेका छन् । उनले गीत कपि गरेको विषयमा भनेका छन्– ‘मैले गल्ति गरेकै हो । यो मैले मानेँ । यो गीत मैले डिलिट गरिसकेँ ।’ बंगलादेशी गीत कपि गरेको समाचार लेखेपछि हाल त्यो गीत म्युजिक नेपालको युट्यूब च्यानलबाट हटाइएको छ । साथै उनले आफुले मात्र नभई धेरै गायक तथा संगीतकारले गीत चोरेको दाबी गरेका छन् । उनले शम्भुजित बास्कोटा र सुरेश अधिकारीले पनि गीत चोरेको दाबी गर्दै उनीहरुको विरुद्धमा पनि समाचार लेखेर देखाउन चुनौती दिएका छन् । उनले पत्रकारलाई ठाडै प्रश्न गर्दै भनेका छन्– ‘म शम्भुजित बास्कोटा दाईले कपि गर्नुभएको गीत र सुरेश अधिकारीले पखी बसे फिल्ममा हुबहु कपि गर्नुभएको गीत इन्बक्स गर्दिन्छु उहाँहरुको बारेमा न्युज हाल्न सक्नुहुन्छ ?’
यो अडियो सुन्नुहोस् ।

@Gazzabkoonline

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment