18 C
Nepal
Wednesday, October 4, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

रुघाखोकीले हुम्लामा चारको मृत्यु: प्रकोप फैलिएपछि बिरामी गाउँमै थला परे

पत्रपत्रिकाबाटरुघाखोकीले हुम्लामा चारको मृत्यु: प्रकोप फैलिएपछि बिरामी गाउँमै थला परे

हुम्ला – हुम्लामा रुघाखोकीले चारजनाको मृत्यु भएको  खबर आजको नयाँ पत्रिकामा नरजन तामाङले लेखेका छन् ।

मृत्यु हुनेमा सर्केगाड गाउँपालिका–७ का भ्याँले कार्की, खोइया शाही, गोर्‍या जैसी र शंकरे रोकाया छन् । कार्की, शाही र जैसीको आइतबार तथा रोकायाको मंगलबार मृत्यु भएको स्थानीय कलबहादुर ऐडीले जानकारी दिए ।

सास फेर्न गाह्रो हुने, ज्वरो आउने, खोकी लाग्ने र बान्ताको प्रकोपले विकराल रूप लिएको छ । हुम्ला जिल्ला अस्पतालका डा. नवीन रोकायाले भने धेरै ठाउँमा नभई ग्रामीण भेगमा रुघाखोकीका केही बिरामी देखिएको बताए ।

-मृत्यु हुनेमा सबै ६५ वर्षभन्दा माथिका छन् । रुघाखोकीले बालबालिका र वृद्धवृद्धालाई बढी संक्रमण गरेको पाइएको छ । सयौँको संख्यामा बिरामीहरू उपचार नपाएर बसिरहेको सर्केगाड–८ का ऐडीले बताए ।

-जिल्लाका सातवटै गाउँपालिकामा रुघाखोकीको प्रकोप फैलिएपछि बिरामीहरू गाउँमै थला परेका छन् ।

690Views

Check out our other content

Check out other tags:

Most Popular Articles