20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

नौ बर्षदेखि कोमामा रहेका भारतीय पुर्वमन्त्रीको निधन

समाचारअन्तर्राष्ट्रियनौ बर्षदेखि कोमामा रहेका भारतीय पुर्वमन्त्रीको निधन

नयाँदिल्ली, ४ मङसिर 

विगत नौ बर्षदेखि कोमामा रहनु भएका भारतका पुर्व सूचना मन्त्री प्रिय रन्जन दस्मुन्सीको निधन भएको छ ।
सन् २००८ देखि कोमामा रहनु भएका दस्मुन्सीको ७२ बर्षको उमेरमा नयाँदिल्ली स्थित उपचार भइरहेको अस्पतालमै निधन भएको हो ।
“उहाँको स्थानीय समय अनुसार दिउसो १२ः१० मा निधन भएको छ, विगत एक महिना देखि उहाँको गंभीर अवस्थामा उपचार भईरहेको थियो, दुर्भाग्यबस आज उहाँको उपचार सफल हुनसकेन,” एपोलो अस्पतालले जारी गरेको वक्तव्यमा भनिएको छ ।
भारतको पश्चिम बंगाल राज्यमा प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेस पार्टीको सवै भन्दा उच्च नेताका रुपमा उहाँ परिचित हुनुहुन्थ्यो ।
काँग्रेस नेतृत्वको एकिकृत प्रगतिशिल गठबन्धनको सरकारमा मन्त्री भएकै बेला अकस्मात बेहोस भै ढलेपछि उहाँलाई पक्षघात भएको थियो ।
भारतका राष्ट्रपति राम नाथ कोबिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र काँग्रेसकी प्रमुख सोनीया गान्धीले उहाँलाई समवेदना व्यक्त गर्नुभएको छ ।
“पुर्व मन्त्री र बरिष्ठ राजनीतिक नेता प्रिय रन्जन दास्मुन्सीको निधनको खवर सुन्दा धेरै दुःख लागेको छ,” कोविन्दले ट्वीट गर्नु भएको थियो ।
त्यसैगरी प्रधानमन्त्री मोदीले पनि ट्वीट गर्दै लेख्नुभएको छ, “प्रिय रन्जन दास्मुन्सी लोकप्रिय र अनुभवी राजनीतिक नेता हुुनुहुन्थ्यो, फुटबललाई लोकप्रिय बनाउन उहाँले उल्लेख्य काम गर्नुभएको थियो ।”
पार्टी अध्यक्ष गान्धीले उहाँको दुखद् निधनबाट पार्टी र देशलाई नै ठुलो क्षती पुगेको बताउनु भएको छ ।

1.0kViews

Check out our other content

Check out other tags:

Most Popular Articles