सडकले आफैं पुर्छ सडकका खाल्डाखुल्डी

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

सडकका खाल्डाखुल्डीबाट को पीडित नहोला ? हाम्रोजस्तो देशमा त सरकारको पूरै कार्यकाल नै एउटा सडकको खल्डाखुल्डी सम्याउँदैमा बित्दछ, तरपनि खाल्डा उस्तै रहन्छन् । विश्वमा सडक दुर्घटनामा हुने मृत्युमध्ये एक तिहाइ ती सडककै खाल्डाखुल्डीका कारण भएका हुन्छन् ।तर यो दुनियामा एउटा यस्तो देश पनि छ जहाँ सडकका खाल्डा सरकारले पुरिरहनु पर्दैन, सडक आफैले आफ्ना खाल्डा पुर्दछ ।नेदरल्याण्डमा बनाइएको छ यस्तो अद्भुत सडक । नेदरल्याण्डका वैज्ञानिकहरुले यस्तो पदार्थ पत्ता लगाएका छन् जसलाई सडक निर्माणमा प्रयोग गर्न सकिन्छ र त्यसले आफुलाई आफै मर्मत गर्दछ ।आफै मर्मत हुने एस्फाल्ट नामक पदार्थको नेदरल्याण्डका विभिन्न १२ वटा सडकमा परीक्षण भैरहेको छ । त्यसमध्ये एएटा सडक २०१० देखि नै संचालनमा छ, र अहिलेसम्म उक्त सडकमा कहीँपनि खाल्डाखुल्डी परेको छैन । सामान्य कंक्रिट तथा एस्फाल्टबाट बन्ने सडक ७ देखि १० वर्षमा मर्मत गर्नैपर्दछ । तर आफै मर्मत हुने एस्फाल्टबाट बन्ने सडक भने केही महंगो पर्ने भएपनि २०/२५ वर्षसम्म जस्ताको तस्तै रहन्छ ।आफै खाल्डाखुल्डी पुर्ने यस्तो सडक संचालनमा आउँदा नेदरल्याण्डमा सडक क्षेत्रमा हुने खर्चमा ९ करोड युरो जोगिने प्रक्षेपण गरिएको छ ।एस्फाल्ट मात्र होइन वैज्ञानिकको टोलीले कंक्रिटलाई समेत आफै मर्मत हुने खालको बनाउन कंक्रिटमा ब्याक्टेरिया हाल्ने उपायको अनुसन्धान गरिरहेका छन् । ती ब्याक्टेरियाले क्याल्सियम कार्बोनेट उत्पादन गर्नेछन् र सडकमा परेका खाल्डा तथा चिराहरु भर्नेछन् । यी ब्याक्टेरिया प्रकृतिमा २ सय वर्षसम्म बाँच्न सक्ने वैज्ञानिकको भनाई छ । त्यसैले यस्ता सडक कंक्रिटको आयुभर टिक्नेछन् भने मानिसलाई असर पनि पर्नेछैन ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time