विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

सचिवालय बैठकबाट स्थायी समितिको कार्यसूची तय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २० असार – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले बिहीबार बस्ने स्थायी समितिको बैठकको कार्यसूची निर्धारण गरेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकले स्थायी समिति बैठकको कार्यसूची र प्रस्ताव तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

भर्खरै सम्पन्न प्रधानमन्त्री ओलीको चीन भ्रमण, मुलुकमा विद्यमान राजनीतिक परिस्थितिको विकास, सरकारका काम कारबाही र पार्टीको सांगठनिक एकीकरणको प्रक्रियाका बारेमा दुवै अध्यक्षबाट स्थायी समितिको बैठकलाई जानकारी दिनुहुने कार्यसूची तय भएको उहाँले जानकारी दिनुभयो ।

सचिवालयले पार्टीले तयार गरेको नियमावलीबारे छलफल गरी स्थायी समितिबाट सल्लाह र सुझाव लिने निर्णय पनि गरेको छ ।

स्थायी समितिको सुझावलाई समेटेर नियमावलीलाई अन्तिमरुप प्रदान गर्ने र त्यसपछि सबै पार्टी कमिटी र जनवर्गीय संगठनको सांगठनिक एकीकरण प्रक्रियालाई तीव्रता प्रदान गरिने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबै पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time