Thursday, October 1, 2020

सङ्घीय कानून नबन्दा प्रदेश सरकार अन्योलमा

जुम्ला, १ कात्तिक : सङ्घीय सरकारले आवश्यक ऐन कानून नबनाउँदा प्रदेश सरकार अन्योलमा परेको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “सङ्घीय सरकारले कानूनी बाटो नदिँदा प्रदेश सरकार अन्योलमा परेको छ, सङ्घीय सरकारले सङ्घीय प्रहरी र लोकसेवा ऐन दिन ढिलो गर्नु हुँदैन ।”

दशैँ मान्न जुम्ला पुग्नुभएका मन्त्री भण्डारीले पत्रकार भेटघाटमा सङ्घीय सरकारले काम गर्न नसक्दा प्रदेश सरकार अघि बढ्न नसकेको टिप्पणी गर्दै भन्नुभयो, “ प्रदेश सरकार सङ्घीयता सफल बनाउनका लागि अघि बढ्ने प्रयत्न गरेको छ तर सङ्घीय सरकारले ढिलाइ गरिरहेको छ ।’’

जुम्ला सदरमुकाम खलङ्गामा ऊर्जा सङ्कट भइरहेको स्मरण गर्दै मन्त्री भण्डारीले तातोपानीमा एक मेगावाट वायु ऊर्जा र एक मेगावाटको चुकेनी जलविद्युत् आयोजनाको काम पूरा हुनेबित्तिकै अन्धकारमुक्त खलङ्गा हुने बताउनुभयो ।

कर्णाली प्रदेशमा आवश्यक कर्मचारी दुई हजार ३०० भए पनि ९०० कर्मचारी मात्रै छन्, उहाँले भन्नुभयो, “कर्मचारी राख्न पाउने र पदोन्नति र कारवाही दुवै गर्न पाउने अधिकार प्रदेश सरकारलाई हुनुपर्छ ।”

प्रदेशसभाका सांसद पदमबहादुर रोकायाले कर्णाली प्रदेश सरकार पर्यटनको प्रवद्र्धन गर्न सकेमात्रै बलियो हुन सक्ने बताउनुभयो ।रासस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •