सकारात्मक सोंच, चिन्तनको खाँचो ः सभामुख महरा

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares
ब्रह्मकुमारी राजयोग केन्द्रले निर्माण गरेको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख कृष्णबहादुर महरा ।

काठमाडौं, १७ बैशाख । सभामुख कृष्णबहादुर महराले देशलाई सकारात्मक सोंच, चिन्तनको खाँचो रहेको बताउनुभएको छ ।
ब्रह्मकुमारी राजयोग केन्द्रले कलंकीस्थित संगम कोलोनीमा निर्माण गरेको शिव भवनको आज (सोमबार) उद्घाटन गर्नुहुँदै सभामुख महराले यस्तो बताउनुभएको हो ।


धर्म, समूह, पार्टी वा समुदायको साँघुरो घेराबाट माथि उठेर सकारात्मक सोंच चिन्तन गर्न सके मात्रै समाज र समग्र राष्ट्रको उन्नति हुने भन्दै सभामुख महराले अहिले देशलाई रुपान्तरणसहितको सकारात्मक चिन्तनको खाँचो रहेको बताउनुभयो ।

‘देशलाई अहिले सकारात्मक सोंच, चिन्तनको खाँचो छ, उहाँले भन्नुभयो, ‘हामी सबैले धर्म, समूह, पार्टी वा समुदायको घेराभन्दा माथि उठेर काम गर्नुपर्छ ।’


ब्रह्मकुमारी राजयोग केन्द्रले सकारात्मक चिन्तन पद्धतिको विकास गर्ने अभियान सञ्चालन गरेर उदाहरणीय काम गरेको भन्दै सभामुख महराले समाजमा शान्ति, सद्भाव स्थापना गर्न होस् वा तनाव व्यवस्थापन गर्न राजयोगले राम्रो भूमिका खेलिरहेको बताउनुभयो ।

‘समाजमा शान्ति र सद्भाव स्थापना गर्न र तनाव व्यवस्थापन गर्न राजयोगले राम्रो भूमिका खेलेको मैले बुझेको छु, महराले भन्नुभयो, ‘आम मानिसमा रुपान्तरणसहित सकारात्मक सोंचको विकास गर्नतर्फ राम्रो भूमिका खेलेको छ ।’


ब्रह्मकुमारी राजयोगले अंगालेको दर्शन परम्परागत धर्म, पूजापाठसँग जोडिएको नभई अद्यात्मिक दर्शन र भौतिकवादको समिश्रण रहेको आफूले बुझेको सभामुख महराले बताउनुभयो । हृदयदेखि नै सकारात्मक रुपान्तरण राजयोगको मूल सारतत्व रहेको आफूले बुझेको सभामुख महराले बताउनुभयो ।

राजयोगले परिकल्पना गरेको शान्त र समृद्ध समाजको चाहनामा आफू पनि सँगसँगै रहेको भन्दै सभामुख महराले देशको नीति निर्माण गर्ने थलो संसदमा पनि सकारात्मक चिन्तन पद्धतिको खाँचो रहेकोमा जोड दिनुभयो ।

सभामुख महराले संगमकोलोनीस्थित राजयोग केन्द्रले निर्माण गरेको ३ तले भवनको रिवन काटेर उद्घाटन गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment