विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

संविधान संशोधन नभए द्वन्द्व बढ्ने खतरा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लहान, ६ चैत।  नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नभए मुलुकमा अर्काे द्वन्द्वको बीउ रोपिने खतरा रहेको बताउनुभएको छ ।

प्रदेश नं १ र २ का कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमका लागि लहानमा रहनुभएका पूर्वप्रधानमन्त्री डा भट्टराईले आज बिहान आयोजित पत्रकार सम्मेलनमा संविधानप्रति मधेशी जनताको तीव्र असन्तुष्टि रहेकाले यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

मधेशी दलका नेतामा अवसरवादी प्रवृत्ति देखिएको आरोप लगाउँदै उहाँले संविधान संशोधन गराउने विषय बोकेर जनताबाट पाएको मतको कदर गर्न उहाँले सुझाव दिनुभयो ।

यसअघि आज बिहान डा भट्टराईले लहानस्थित शहीद उद्यान पुगेर मधेस आन्दोलनको पहिलो शहीद रमेश महतोलगायत शहीदको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...