संयुक्त बिद्यार्थी आन्दोलन उत्कर्षमय बन्दै

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

काठमाडौं, १ चैत । नेपाल संस्कृत विश्वविद्यालयले सबै शैक्षिक कार्यक्रममा अबैज्ञानिक तरिकाले बढाएको शुल्क फिर्ता गर्नुपर्ने, पठ्यक्रम परिमार्जन, दिक्षान्त समारोह, विश्वविद्यालयको अतिक्रमण भएको जग्गा फिर्ता, स्ववियू निर्वाचन, विद्युत्तिय हाजिरी, छात्राबासको सुदृढिकरण, लगायतका बिषयको माग राखि संयुक्त विद्यार्थी आन्दोलन संघर्ष मैदानमा खडा भएको छ ।

३÷३ सदस्यीय संघर्ष समिति बनाएको उक्त समितिमा अखिल क्रान्तिकारीका अध्यक्ष आइ.पी.आर्चाय सहित सोमनाथ शर्मा, रबिन्द्र तिमल्सिना अनेरास्ववियुका अध्यक्ष लोककृष्ण दाहाल सहित अमित सुवेदी, तिर्थराज ढकाल र नेविसंघका सभापति रविन्द्र अधिकारी सहित देवराज पाण्डे, अच्युत लम्साल रहेको अखिल क्रान्तिकारीका विश्वविद्यालय नेता प्रकाश सापकोटा (पिकु) ले बताए ।

पहिलो चरणमा फागुन २७ गते बाल्मीकि बिद्यार्थीको प्रशासनमा तालाबन्दी गरेको संधर्ष समितिले फागुन ३० गते विश्वविद्यालय सम्पर्क कार्यालयमा तालाबन्दी गरेको छ । विद्यार्थीहरुका जायज मागहरुलाई अझ बेवास्ता गरिएमा सम्पूर्ण विद्यापीठ र केन्द्रीय कार्यालयमा तालाबन्दी गर्ने र अन्य विभिन्न आन्दोलनका कार्यक्रम गर्ने योजना बनाएको सापकोटा (पिकु) ले खुलाए ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment