विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

शिक्षा विभागका महानिर्देशकसहित २ सय कर्मचारी कामविहीन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर त्रुटिका कारण शिक्षा विभागका महानिर्देशकसहित ४ सहसचिव कामविहीन भएका छन । तीन निकायमा कार्यरत करिब २ सय कर्मचारी हिजोदेखि हाजिर गरेर फर्किएका छन् ।

नयाँ गठन भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले के काम गर्ने भन्ने विषयमा टुंगो लागेको छैन । गएको जेठ ६ गते मन्त्री परिषद्को बैठकले नयाँ निकाय केन्द्र गठन गर्ने निर्णय भएको थियो । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

निर्णय भएको झन्डै दुई महिना पुग्नै लाग्दा सरकारले खारेज हुने निकायको व्यवस्थापन गर्न सकेको थिएन । अस्ति साउन १ गतेदेखि शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्र खारेज भएको हो ।

खारेज गर्नु अघि नै संगठन संरचनाअनुसार जिम्मेवारी तोक्नुपर्ने मन्त्रालयले हिजो बुधबारसम्म कुनै जिम्मेवारी दिएको छैन । केन्द्रको महानिर्देशक को हुने भन्ने विषयमा समेत निर्णय गर्न सकेको छैन ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time