विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

शिक्षकको आवरणमा राजनीति गर्ने दिन उत्तरार्धतिर, अब कक्षाकोठा सुधारिन्छन् कि !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जनता ‘जर्नादन’ हुन्, तापनि चुनाव पूर्ण निष्पक्ष तथा धाँधलीरहित हुन्छ भन्नु कल्पना मात्रै हो । भर्खरै सम्पन्न स्थानीय चुनावमा खटिएका केही अधिकृतहरुसँग गरिएको ‘अफ दि रेकर्ड’ कुराकानीले पनि यो कुरा पुष्टि  गरेको छ । दलका एजेण्टहरुले नरोकेपछि फर्जी मत हाल्नेहरुका अगाडि आफूहरुको केही नलाग्ने उनीहरुको आशय थियो । अर्थात् निर्वाचनमा फर्जी मत हाल्नेहरु थिए । केही एजेण्टहरुसँग अन्तरंग कुराकानी पनि भयो । उनीहरुका रिपोटिङ् सुन्दा त अचम्मै लाग्यो । एकजना एजेण्टले त भनि पनि हाले ‘तपाईंका विद्वान शिक्षक मित्र फर्जीको लाइनमा !’ वाफरे ! ती विद्वान शिक्षकको चेतनाप्रति दया बाहेक अर्थोक के गर्न सकिन्छ र ?

भनिदैँ आएको जर्नादन जनता राजनीतिक बहसमा सहभागी हुँदैनन्, यस्ता बहसमा सहभागी हुनेहरु कार्यकर्ता हुन् । उनीहरु न त पत्रपत्रिका नै पढ्छन् न त समाचार नै त्यति धेरै सुन्छन्, हेर्छन् । न आफ्नो मत कसलाई दिने भन्ने विषयमा अरु कसैलाई नै सोध्छन् ।

जनताको चरित्र परिवर्तनशील हुन्छ । ०१५ सालदेखिको नेपालको राजनीतिक इहिासले त्यही भन्छ । भएकै भित्र विकल्प खोज्छ । तर  हुँटिट्याऊँले आकाश थामेजस्तै केही कार्यकर्ताहरु भने यदि चुनाव जितेमा आफ्नै कारणले चुनाव जितेको ठान्छन् भने हारे भने आफ्ना नेताका कारणले हारेको ठान्छन् । कुन राजनीतिक दलको कुन नेता जनताको हो ? भन्ने कुरा छुट्टयाउने सक्ने ल्याकत भने अशिक्षित तथा असाक्षर नै किन नहुन् जनता जर्नादनले नै राख्छन् ।

‘शिक्षक बुद्धिजीवि’हरुलाई पनि पार्टी कार्यकर्तालाई जस्तै पार्टी हामीले नै थामेको हो भन्ने लाग्न सक्छ । हाम्रै सल्लाहले नै सबै कुरा भएको हो भन्ने परेको हुनसक्छ । तर वास्तविकता त्यस्तो देखिँदैन । सल्लाह लिए पनि राजनीतिक यात्रा आफ्नै गतिमा हुन्छ ।

विद्यालय विश्वविद्यालयको सर्टिफिकेटको अहंकारबाट मुक्त हुन नसक्नेहरुले राजनीति गर्न कदापि सक्दैनन् । अर्थात् विश्वविद्यालयको सर्टिफिकेटले अहंकार सिर्जना गर्छ । म जान्नेसुन्ने अरु नपढेको । पढेका र नपढेका बीचको विभेदको रेखाले राजनीतिमा स्थान पाउन सकिदैन । राजनीति विभेद रहित हुन्छ तर धाँधलीरहित हुँदो रहेनछ । सर्टिफिकेट अपवादबाहेक धाँधलीरहित हुँदैन तर विभेदकारी हुन्छ ।

कहिलेकाही राजनीतिमा शैक्षिक योग्यताको कुरा पनि उठ्छ । राजनीति नगरेका कथित बु्रजुकहरुले यस्तो कुरा उठाएका हुन्छन् तर राजनीतिलाई शैक्षिक योग्यताको कसीमा बाँध्न सकिन्न । तथापि पढेको हुनु राम्रै हो तर यो अनिवार्य होइन । राजनीतिको चरित्र आफैमा तरल हुन्छ, तरल चरित्र योग्यताले बहन गर्न सक्दैन ।

पहिलो चरणको स्थानीय तहको चुनावको मनोनयन मिति नजिकिदै जाँदा धमाधम शिक्षकहरुले चुनावमा उम्मेदवार बन्ने प्रयोजनका लागि राजिनामा दिएको समाचारहरु आए, बल्ग्रेती । केही अपवादलाई छाडेर उम्मेदवारीका हिसाबले तुलनात्मक अध्ययन गर्ने हो भने स्थानीय चुनावमा पूर्व शिक्षकहरु विजय हासिल गर्न सफल भएनन् । पूर्णकालीन राजनीतिकर्मी नै जनताको छनोटमा परे ।

यसबाट के कुराको पुष्टि भयो भने, अब शिक्षकको आवरणमा राजनीति गर्ने दिन उत्तरार्धतिर गएछन् । आशा गरौं अब कक्षाकोठा सुधारिन्छन् कि

by Edukhabar.com

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time