शंखमूलमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

काठमाडौँ, २३ असार – आज बिहान शंखमूलमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहान ५ बजे बा ८० प ११५३ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक ललितपुरका ३२ वर्षीय उमेश महर्जनको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले दुर्घटनामा घाइते दुई जनामध्ये उपचारका क्रममा महर्जनको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जानकारी दिनुभयो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका शंखमूल बस्ने २२ वर्षीय रमन बस्नेतको सोही अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७५ असार २३,शनिबार

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment