विश्वमै पहिलो पटक समुद्रभित्र बन्ने भो होटल, हेर्नुहाेस् के के सुबिधा हुन्छ?

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

मालदिभ्सको एक रिसोर्टले आफ्ना पाहुनालाई समुद्रभित्र सुताइको मजा दिने तयारी सुरु गरेको छ । याहाँको एक कोनार्ड मालविप रंगाली टापुमा १ अर्ब ६० करोड रुपैयाँको लागतमा पानीभित्र दुई तले रिसोर्ट बनाइएको छ ।

यसको एक हिस्सा समुद्र भित्रको १६.४ फीट तल हिन्द महासागरमा हुनेछ । यो रिसोर्टलाई विश्वकै पहिलो समुद्रभित्रको घर मानिएको छ । यसको निर्माण कार्य अझैपनि चलिहेको छ । यसको निर्माण कार्य यसै वर्षको नोभेम्बरमा पुरा हुने अपेक्षा गरिएको छ ।
यो घरको नाम मुराका राखिएको छ । यसको अर्थ हुन्छ समुद्री ।

यो रेष्टुँरामा जीम, बार, पुल, बाथटब तथा समुद्री जिवनको मज्जा लिनका लागि अन्डरवाटर सयन कक्ष (बेडरुम) पनि बनाइने भएको छ ।
यो रेष्टुँरामा सयन कक्षका अतिरिक्त लिभिङ एरिया तथा स्नान कक्ष (बाथरुम) सबै पाउन सकिने छ ।

होटलको माथिल्लो भागमा सूर्य हेर्न सकिने छ । यो ५ सय ५० बर्गमिटरको क्षेत्रमा फैलिएको छ । यसको अन्डरवाटर भाग १ सय २ बर्ग मिटरको क्षेत्रमा फैलिएको छ ।

रिसोर्टका महाप्रबन्धक स्टेफेन रुजाले आफ्ना भावि पाहुनालाई पानी मुनीको अनुभव दिनका लागि उत्साहित भएको बताएका छन् ।
यो रेष्टुरामा एक पटकमा ९ जनाले सामुद्रिक जिवनको मजा लिन सक्नेछन् । यसलाई अन्डरवाटर विशेषज्ञ एम जे मफी निजी कम्पनीले तयार गरेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment