Monday, October 26, 2020

विश्वकप ट्रफी यसै साता नेपाल आउने

काठमाडौं – अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको छ।

 

ट्रफी यसै साता नेपाल आउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नेपालस्थित प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन् । ‘आईसीसी विश्वकप ट्रफीको नेपाल टुर कार्यक्रम भव्य बनाउने तयारीमा हामी जुटेका छौं’, घिमिरेले भनिन्, ‘यसै साता आउने भए पनि दिनको टुंगो लाग्न बाँकी छ।’

आईसीसी विश्वकप ट्रफी नेपाल भ्रमणमा ल्याउन लागिएको यो पहिलो पटक हो । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

फुटबल विश्वकपको ट्रफी भने यसअघि नेपालमा आइसकेको छ । सन् २०१४ मा ब्राजिलमा फिफा विश्वकप सुरु हुनुअघि सो ट्रफी ल्याइएको थियो।

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares