Thursday, September 24, 2020

विश्वकप क्रिकेटका लागि खेलाडी छनोट

काठमाडौँ, ५ असार ।

उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत सिङ्गापुरमा हुने खेलका लागि १८ सदस्यीय खेलाडीको टोली छनोट गरिएको छ ।
आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर वेनकटपथी राजु, नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाका साथै उन्नाइस वर्षमुनिका राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक विनोद दास सम्मिलित टोलीले आज खेलाडीको छनोट गर्नुभएको हो ।
छनोट हुनेमा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, सन्दीप सुनार, ललित राजवंशी र पवन सर्राफ, अनिलकुमार साह, किशोर महतो तथा सुशान्त सिंह थापा छन् ।
त्यसैगरी, विक्रमकुमार भुसाल, प्रकाश केसी, सुन्दीप जोरा, राजन ढकाल, प्रनित थापा मगर, शाहव आलम, रसिद खान र आदिल खान छनोट भएका छन् । रासस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •