विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

विश्वकपबाट बाहिरियो ब्राजिल, बेल्जियमले अव फ्रान्ससँग भिड्ने

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

मस्को, २३ असार – पाँच पटकसम्म विश्वकफको उपाधि विजेता ब्राजिल यसपटकको विश्वकप फुटवल प्रतियोगितामा भने क्वाटर फाईनलबाटै बाहिरिएको छ ।
शुक्रबार राति भएको खेलमा बेल्जियमसँग २–१ गोल अन्तरले पराजित भएर ब्राजिल बाहिरिएको हो ।
रुसमा भएको प्रतियोगितामा बाहिरिनुअघि भएका चार खेलमा एक गोल मात्रै खाएको ब्राजिललाई उपाधिको प्रमुख दावेदारका रुपमा हेरिएको थियो ।
ब्राजिलको बहिर्गमनसँगै विश्वकप फुटबल प्रतियोगितामा अव युरोपेली मुलुकका टोलीबीचमा मात्रै प्रतिश्पर्धा हुने भएको छ ।
सेमिफाइनलमा प्रवेश गरेको बेल्जियमले भने अव फाइनल प्रवेशका लागि फ्रान्ससँग भिड्नु पर्नेछ । बेल्जियम सन् १९८६ पछि पहिलो पटक अन्तिम चारमा पुगेको हो ।
शुरूमा आत्माघाती गोलबाट अग्रता लिएको बेल्जियमका लागि केभिन डिब्रुइनाले उत्कृष्ट गोल गरेका थिए ।
अगष्टोले अन्तिम १५ मिनेट बाँकी छँदा ब्राजिलका लागि गोल गरे पनि बेल्जियमले खेललाई आफ्नो हातबाट फुत्कन दिएन ।
खेलको शुरूमा नै ब्राजिलका थिएगो सिल्भाले नेमारबाट प्राप्त कर्नरमा हानेको प्रहारलाई जालीसम्म पुर्याउन असफल रहे । बेल्जियमविरूद्ध ब्राजिलले २७ प्रहार गरेपनि बेल्जियमका गोलरक्षकले उत्कृष्ट ढङ्गले गोल हुन दिएनन ।
राम्रो प्रदर्शन गर्दागर्दै पनि गोल गर्न असफल भएपछि ब्राजिल प्रतियोगिताबाट बाहिरिँदा रुसको कजान रंगशालामा रहेका लाखौ समर्थक दुःखी भएका थिए ।
यस पटकको विश्वकपबाट यसअघिका अन्य विश्वकप विजेता टोलीहरू जर्मनी, आर्जेन्टिना, स्पेन र उरूग्वेपनि बाहिरिए छन् ।
आज राति हुने सेमिफाइनलको पहिलो चरणको फुटबल प्रतियोगितामा स्वीडेन र इंग्ल्याण्डबीच र दोस्रो चरणमा आयोजक राष्ट्र रुस र क्रोएसियाबीच हुने भएको छ ।रासस

 

प्रकाशित मिति : २०७५ असार २३,शनिबार

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time