विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

विद्युत् चोरीमा संलग्न १७ जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राजविराज, २९ जेठ – प्रहरीले विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत आज विद्युत् चोरीको आरोपमा १७ जनालाई पक्राउ गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराज, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त अनुगमन टोलीद्वारा जिल्लाका विभिन्न ठाउँमा गरिएको अनुगमनले विद्युत्को पोलमा हुकिङ गरिरहेका १७ जनालाई पक्राउ गरिएको विद्युत् प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताउनुभयो ।

पक्राउ परेकाको साथबाट एक थान पानी तान्ने मोटर, एक थान टिभी, एक थान पंखा बरामद गरिएको प्रमुख साहले जानकारी दिनुभयो । उनीहरुबाट विद्युत् ऐनअनुसार प्रत्येक व्यक्तिबाट रु १५ हजार ५०२ दण्ड जरिवाना तिराएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time