विद्यालयको खेलमैदानमा टायल

0 Shares

पाल्पा, २ असार ।

पाल्पाको चिदीपानीस्थित सौभाग्य माविमा खेलमैदानमा टायल राख्ने काम सम्पन्न भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयको रु पाँच लाख आर्थिक सहयोगमा विद्यालयको खेलमैदानमा टायल राखिएको हो ।
टायल राखिएपछि पानी परेपछि खेलमैदानमा पानी जम्ने समस्या हटेको छ । पानी परेपछि खाल्डामा पानी हुने र शिक्षक विद्यार्थी हिँडडुल गर्नसमेत समस्या हुने गरेको स्थानीय बासिन्दा राजेश पन्थीले बताउनुभयो ।
टायल राखिएपछि पानी परेपछि विद्यार्थीलाई खेल खेल्न सहज भएको छ । खेलमैदानमा टायल राखिएपछि विभिन्न कार्यक्रम गर्न पनि सहज भएको छ । पहाडी जिल्ला पाल्पामा विद्यालय भिरालो जमिनमा निर्माण गरिएकाले बालबालिकालाई खेलमैदानको समस्या हुँदै आएको छ । रासस

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares

प्रतिक्रिया दिनुहोस

comment