विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

विदेश भ्रमणमा २० अर्ब

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं  – घुम्नकै लागि विदेश जाने क्रम बढेकाले ठुलो परिमाणमा विदेशी मुद्रा बाहिरिएको राष्ट्र बैंकले औंल्याएको छ ।

मुलुकको निर्यात नबढेको तर आयात चुलिँदै गाएकाले विदेशी विनिमय सञ्चिति लगातार घट्दो छ ।

यही अवस्थामा भ्रमण घुम्न र अध्ययनका लागि पनि अर्बौँ रुपैयाँ बाहिरिएपछि राष्ट्र बैंकले विदेशी विनिमय सुविधामा कडाईसमेत गरेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक बर्ष भ्रमण र अध्ययनका लागि मात्र ४७ अर्ब रुपैयाँ बराबर अमेरिकी डलर बाहिरिएको छ ।

अघिल्लो बर्षको सोही अवधिको तुलनामा यो करिब साढे २८ प्रतिशतको बृद्धि हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

अघिल्लो बर्ष अध्ययन  घुम्नका लागि कबि साढे ३६ अर्ब रुपैयाँ बाहिरिएको थियो ।
यसैगरी गत आर्थिक बर्ष विदेश भ्रमणका लागि राहदानीबापत नागरिकले करिब २० अर्ब रुपैयाँ १९ अर्ब ७० करोड बराबर डलर सटही गरेको सरकारी तथ्यांक छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...