विदा, मनोरञ्जनमा आउने पर्यटक बढी

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

काठमाडौँ, ४ असार ।

नेपाल भ्रमणमा आउने कुल पर्यटकमध्ये बिदा÷मनोरञ्जन÷ यात्रामा आउने पर्यटक बढी छन् ।
विगत एक दशकको पर्यटक आगमनको तथ्याङ्क हेर्दा बिदा÷मनोरञ्जन÷यात्रा, पदयात्रा÷पर्वतारोहण तथा तीर्थयात्रासम्बन्धी उद्देश्यले आउने पर्यटकको अनुपात दुई तिहाइभन्दा बढी छ ।
सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७३÷७४ अनुसार सन् २०१६ मा नेपाल आएका कुल पर्यटकमध्ये ६५ प्रतिशतले बिदा÷मनोरञ्जन÷यात्राको उद्देश्यले नेपाल भ्रमण गरेका छन् ।
यस्तै ११ प्रतिशत तीर्थयात्रा, आठ दशमलव ८३ प्रतिशत पर्वतारोहण÷पदयात्रा, तीन दशमलव २३ प्रतिशत व्यापार, दुई दशमलव ८३ प्रतिशत कार्यालयसम्बन्धी, एक दशमलव सात प्रतिशत सभा÷सम्मेलन र सात दशमलव ४१ प्रतिशत अन्य उद्देश्यले नेपाल भ्रमण गरेका छन् ।
सन् २०१६ मा सात लाख ५३ हजार दुई पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१५ मा पाँच लाख ३८ हजार ९७० पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
नेपाल पर्यटन बोर्डको विवरणअनुसार नेपाल भ्रमणमा आएका कुल पर्यटकमध्ये सन् २०१५ मा ७१ प्रतिशत, सन् २०१४ मा ५० र २००७ मा ४१ प्रतिशत पर्यटक बिदा÷मनोरञ्जन÷यात्राका लागि आउने गरेका छन् । रासस

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment