Saturday, September 26, 2020

‘विचाराधीन मुद्दामा समाचार नलेख्नुस्’

काठमाडौं– प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले न्यायालयमा विचाराधीन मुद्दामा समाचार प्रकाशन तथा प्रसारण गरिरहेकामा सञ्चार माध्यमप्रति आपत्ति जनाएका छन् । संवैधानिक तथा कानुन पत्रकार मञ्चद्वारा मंगलबार बडादसैं, तिहार तथा छठका अवसरमा आयोजित चियापानमा बोल्दै विचाराधीन मुद्दामा सञ्चार माध्यमले समाचार लेख्नाले न्याय सम्पादन र न्यायालयको निष्पक्षतामाथि नकारात्मक असर परेको दाबी गरे ।

‘आगामी दिनमा अदालतमा विचाराधीन मुद्दामा समाचार नलेख्न आग्रह गर्छु,’ उनले भने । आमजनतालाई न्यायको अनुभूति दिलाउन न्यायालयले काम गरिरहेको बताउँदै आफूले प्रेसलाई सम्मान गर्ने र न्यायालय सञ्चारकर्मीका लागि सधैं खुला रहने बताए ।

न्यायालयभित्र सुधार गरेर अगाडि बढ्न आफूले काम गरिरहेको उनको भनाइ थियो ।  कान्तिपुर दैनिकमा खबर छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •