विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

वर्ल्डलिंकले ल्यायाे नयाँ अफर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं २३ माघ । वर्ल्डलिंकले विश्वका प्रतिष्ठित राष्ट्रमा जस्तै ईन्टरनेटको माध्यमबाट घरमै बसि–बसि विभिन्न तहको कोर्सहरु अध्ययन गर्न सकिने ‘वर्ल्डलिंक हाम्रो स्कूल’ ई–लर्निङ सेवा सञ्चालनमा ल्याएको छ ।

समयसापेक्ष रुपमा आधुनिक समयमा शैक्षिक क्षेत्रमा परिमार्जन गर्ने उद्देश्यका साथ वर्ल्डलिंकले यो सेवा मिदास ई–क्लाससँगको सहकार्यमा सञ्चालनमा ल्याएको हो ।

वर्ल्डलिंकले इन्टरनेट सर्भिस प्रोभाइडरको क्षेत्रमा पहिलोपटक सम्पूर्ण विद्यार्थीहरुको अध्ययनलाई मध्यनजर गरी यो सेवा ल्याइएको  छ । यो सेवा प्रयोग गर्नका लागि ग्राहकहरुले वर्ल्डलिंकमा दर्ता गरी एक महिना निशुल्क सेवा प्राप्त गर्न सक्ननेछन् ।

यो सेवा परम्परागत रुपमा हुँदै आएको पठनपाठन प्रणालीमा सुधार गरी विद्यार्थीहरुलाई आधुनिकतातिर अग्रसर गर्ने उद्देश्यसाथ सञ्चालनमा ल्याएको हो ।

यो सेवामा विद्यार्थीहरुले जुनसुकै समयमा घरैमा बसि–बसि भिडियो र अडियोको माध्यमबाट रमाइलो गर्दै पढाईमा ध्यान केन्द्रित गर्न सक्छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time