लोकसेवाको फारम भर्ने म्याद थपियो

0 Shares

काठमाडौं, १८ माघ
लोक सेवा अयोगले नायब सुब्बा पदका लागि अनलाइन आवेदन फारम भर्ने म्याद थप गरेको छ । आयोगको वेबसाइटमा समस्या आएपछि नायब सुब्बा पदका लागि २१ गतेसम्म फारम भर्ने म्याद थप गरिएको हो । हाल लोकसेवा आयोगले आवेदन फारम अनलाइनबाटै लिने व्यवस्था मिलाएको थियो तर, तीन दिनदेखि वेबसाइटमा समस्या आएपछि आवेदकहरु मर्कामा परेका छन् । आवेदकहरुको समस्यालाई मध्यनजर गर्दै तीन दिन म्याद थप गरिएको आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले जानकारी दिनुभयो । अन्तीम अवस्थामा फारम भर्ने बानीले गर्दा सिस्टममा लोड बढी भई समस्या आएको कोईरालाको भनाई रहेको छ । गत पुसको अन्तिम बुधबार लोकसेवा आयोगले नायब सुब्बा पदका लागि आवेदन फारम खोलेको थियो । फारम भर्ने अन्तिम म्याद आज मंगलबारसम्म थियो । तर, दोब्बर दस्तुर तिरेर फारम भर्ने म्याद भने माघ २५ गतेसम्म थियो । वेबसाइटमा आएको समस्याका कारण अब दोब्बर दस्तुर तिरेर फारम बुझाउने म्याद पनि २८ गतेसम्म रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares

प्रतिक्रिया दिनुहोस

comment