Monday, October 26, 2020

लोकतन्त्र बलियो भए मात्र पत्रकारिता बलियो : सभामुख महरा

काठमाडौँ, २० असोज । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले देश र जनतालाई केन्द्रविन्दु बनाएर पत्रकारिता गरे लोकतन्त्र बलियो हुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “लोकतन्त्र बलियो भए मात्र पत्रकारिता अझ बलियो हुन्छ । अब पत्रकारिताको ध्येय देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्छ ।”

संसदीय मामिला पत्रकारितासम्बन्धी सङ्घस्तरीय अन्तरक्रियालाई आज ललितपुरमा सम्बोधन गर्दै सभामुख महराले संसद् सबै भावना र विचारलाई मुखरित हुने सर्वेच्च स्थान हो, संसद्लाई बलियो बनाउन आफ्नो प्रयत्न जारी रहेको बताउनुभयो । “संसद सरकारको छायाँमा पर्दैन । सरकारको विरोध गर्ने स्थान संसद् होइन । संसदीय समितिले सरकारका कामको अनुगमन गर्ने मात्र गर्दछन्”, सभामुख महराले भन्नुभयो ।

प्रतिनिधिसभाका सचिव डा भरत गौतम र प्रवक्ता डा रोजनाथ पाण्डेले संसद् सचिवालयका गतिविधिमाथि जानकारी दिनुभएको थियो । संसदीय मामिला पत्रकार समाज नेपालद्वारा आयोजित सो कार्यक्रम आईतबारसम्म जारी रहनेछ ।

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares