विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

लुटेरा एवम् भ्रष्ट मुलुककाे सुचीमा नेपाल दक्षिण एसियाकै तेस्रो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालमा भ्रस्ट्राचारको अवस्था चिन्ताजनक

काठमाडाे नेपालमा भ्रष्ट्राचारको अवस्था चिन्ताजनक रहेको छ । गत वर्ष भन्दा केही घटे पनि समग्रमा नेपालको अवस्था निराशाजनक रहेको हो । ट्रान्सपरेन्सी इन्टरनेशनल(टीआई)द्वारा सार्वजनिक गरिएको भष्ट्राचार अवधारणा सूचकाङ्कमा नेपाल अवस्था चिन्ताजनक पाइएको हो ।

विश्व बैंक वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट, र भीडीइएम गरी ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारमा नेपाल १०० मा ३१ अंक प्राप्त गरी १२२ औँ स्थानमा छ ।

गतवर्षको तुलनामा यस वर्ष केही सुधार भएको देखिएका भएपनि भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालले पाएको स्कोरले भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको टीआईले जनाएको छ ।

२०१६ मा नेपाल २९ अङ्क प्राप्त गरी १३१ औँ स्थानमा थियो । सर्वेक्षणले नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी, राजनीतिमा भ्रष्टाचार जस्ता विषय विगत जस्तै यस वर्ष पनि समस्याकै रुपमा विद्यमान रहेको देखाएको छ ।

सूचकाङ्कमा समावेश १८० देशमध्ये न्युजिल्यान्ड कुल १०० मा ८९ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएको छ भने सोमालिया ९ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ ।

दक्षिण एशियाली राष्ट्रहमध्ये भुटान ६७ अङ्क प्राप्त गरी २६ औं स्थान, भारत ४० अङ्क प्राप्त गरी ८१ औं स्थान, श्रीलड्का ३८ अङ्क प्राप्त गरी ९१ औं स्थान, मालद्विप्स ३३ अङ्क प्राप्त गरी ११२ औं स्थान, पाकिस्तान ३२ अङ्क प्राप्त गरी ११७ औं स्थान, बङ्गलादेश २८ अङ्क प्राप्त गरी १४३ औं स्थान र अफगानिस्तान १५ अङ्क प्राप्त गरी १७७ औं स्थानमा रहेका छन् । छिमेकी मुलुक चीनले ४१ अङ्क प्राप्त गरी ७७ औं स्थानमा रहेको छ । ।

सूचकाड्ढमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्टाचार रहेको जनाउँछ । टीआईले यो सूची सन् १९९५ देखि प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको छ भने नेपाललाई सन् २००४ देखि समावेश गरिएको छ ।

सर्वेक्षणमा सरकारद्वारा सार्वजनिक क्षेत्र-पदाधिकारीको काम कारबाहीमा निगरानीको स्थिति र नागरिक समाजलाई राज्यका काम कारबाहीको जानकारीमा पहुँच, वर्ल्ड इकोनोमिक फोरमले आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्का पट्टा र न्याय प्राप्तिका लागि दिनुपर्ने घुस, ग्लोबल इनसाइटले व्यापार, व्यवसाय, आयात निर्यातमा भ्रष्टाचारको अवस्था समेटिएको छ ।

त्यसैगरी बर्टेल्सम्यान फाउन्डेसनले सार्वजनिक पद दुरुपयोगमा कारबाही र सरकारबाट नियन्त्रणको स्थिति, वर्ल्ड जस्टिस प्रोजेक्टले सरकार, न्यायालय, संसद र सुरक्षा निकायका प्रतिनिधिहरुद्वारा निजी स्वार्थको लागि पदको दुरुपयोगको अवस्था, र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीइएम) ले राजनीतिक भ्रष्टाचारको व्यापकता जस्ता विषय समेटिएका छन् ।

भ्रष्टाचार नियन्त्रणका प्रयास धेरै देशमा सुस्त गतिमा चलिरहेको देखिएको छ । पत्रकार र नागरिक संस्थाको सुरक्षाको प्रत्याभूति नभएको देशमा भ्रष्टाचार बढी रहने देखिएको छ । सन् २०१२ देखि हालसम्म मारिएका अधिकांश पत्रकार भ्रष्ट देशकै मात्र रहेको पाइएको छ ।

बेइज्जती, हैरानी, मुद्दामामिला र प्रशासनिक ढिलासुस्ती जस्ता माध्यमबाट केही देशका सरकारले भ्रष्टाचारविराधीलाई निस्तेज पार्न खोजेको पनि पाइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सञ्चार जगत् र नागरिक समाजप्रतिको अवरोध हटाउन थप पहल गर्नुपर्ने जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time