Saturday, October 31, 2020

लुका मोड्रिच फिफा वर्ष खेलाडी घोषित

लन्डन, ९ असोज  । क्रोएसियाका कप्तान एवं स्पेनी क्लब रियल म्याड्रिडका फुटबल खेलाडी लुका मोड्रिचले पोर्चुगलका क्रिस्टीयानो रोनाल्डो र इजिप्टका मोहमद सलाहलाई पछि पार्दै पुरुषतर्फको फिफा वर्ष खेलाडीको उपाधि जित्नुभएको छ ।

गोल डट कमका अनुसार ३३ वर्षीय क्रोएसियाली खेलाडी मोड्रिचले २०१८ को विश्वकप फुटबलमा आफ्नो देशलाई फाइनलसम्म पु¥याउन महत्वपूर्ण योगदान गर्नुभएको थियो । साथै स्पेनी क्लब रियल म्याड्रिडले चारपटक युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा विजयी हुँदा उहाँ क्लबका महत्वपूर्ण सदस्य रहनुभएको थियो ।

मोड्रिचले विश्वकपमा गोल्डेन बल (सुनौलो भकुन्डो) जित्नुका साथै गत महिना युरोपेली सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो ।

लिभरपुल क्लबबाट खेल्ने इजिप्टका मोहमद सलाहले उत्कृष्ट गोलका लागि पुस्कास अवार्ड प्राप्त गर्नुभयो । फ्रान्सलाई विश्वकप जिताउन टोलीको व्यवस्थापन गर्ने डिडियर डेस्चाम्पलाई वर्षका उत्कृष्ट कोच (प्रशिक्षक) को उपाधि प्रदान गरियो ।

साथै बेल्जियमका गोलरक्षक थिबट कोर्टोइसले फिफा गोलकिपरको उपाधि जित्नुभयो ।

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares