विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

राष्ट्रिय शारीरिक अपाङ्ग महासङ्घ नेपालको १३ औँ स्थापना दिवस

नीतिगत अवधारणा सार्वजानिक गर्दै सम्पन्न

  • 312
  •  
  •  
  •  
  •  
  •  
  •  
    312
    Shares

२४ माघ । राष्ट्रिय शारीरिक अपाङ्ग महासङ्घ नेपालको १३ औँ स्थापना दिवस बिभिन्न कार्यक्रम गर्दै काठमाडौँमा सम्पन्न भएको छ । शारीरिक अपाङ्ग महासंघको स्थापना भएको १३ बर्ष पुगेको अवसरमा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रमको औपचारिक सत्रमा सङ्घिय सभाका माननिय सांसदहरु सत्या पहाडि र दुर्गा बहादुर राउतले अपाङ्गता भएका व्यक्तिहरुको वर्तमान अवस्थामा गुणस्तरिय परिवर्तन ल्याउनका लागी सरकारले गरेका प्रयासहरु र त्यसमा आफुहरुको संलग्नताको बिषयमा मन्तव्य दिनुभएको थियो । उहाँहरुले अपाङ्गता कुनै कमजोरी नभएको बताउँदै विभिन्न अवस्थाबाट सिर्जित समस्याले सामाजिक सहभागीतामा सृजना गरेको अवरोध भएको बताउनुभयो ।

राष्ट्रिय शारीरिक अपाङ्ग महासंघको उक्त उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारमात्रै नभई अब दिगो बिकासका लक्ष्यहरु तथा सरकारी तवरबाट नै अपाङ्गता भएका व्यक्तिहरुको रोजगारीमा पहुँच पुर्याउनका लागी राष्ट्रिय अपाङ्ग महासंघले विभिन्न मन्त्रालयका मन्त्री, सचिव तथा मुख्य सचिव लगायतसँग विभिन्न समयमा प्रत्यक्ष तथा परोक्ष रुपमा अपाङ्गता भएका व्यक्तिका मुद्धाहरु स्थापित गर्नका लागी प्रयासरत रहेको जानकारी दिनुभयो ।

दिवसको प्रमुख अतिथी तथा माननिय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिहरुसँगको सहकार्य र सहभागितामा नै सरकारले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय ऐन तथा कानुनहरुको व्यवहारिक कार्यान्वयन गरी अपाङ्गता मैत्री नेपाल निर्माणको योजना बनाएकोले सो को लागी सम्बन्धीत सम्पुर्ण सरोकारवालाहरुबाट ठोस कार्ययोजना सहितको सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

स्थापना दिवसको अवसर पारेर राष्ट्रिय शारीरिक अपाङ्ग महासङ्घले आफ्नो नीतिगत अवधारणा पनि सार्वजानिक गरेको छ । सो अवधारणामा उसले अपाङ्गता भएका व्यक्तिको १० बर्षे नीति तथा कार्ययोजना २०७५-२०८४ पारित गराई कार्यान्वयन गराउने र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली जारी गर्न र यसको कार्यान्वयन गराउन जोड दिएको छ । कुल ८ वटा बुँदाहरुमा रहेका उक्त नीति तथा कार्यक्रमहरुमा अपाङ्गता मैत्री भौतिक स‌ंरचना तथा सञ्चार निर्देशिकाको कार्यान्वयन लगायत विभिन्न आयामहरुमा जोड दिइएको छ । सो अवधारणाको लक्ष्यमा उसले शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले समान आधारमा सम्पुर्ण मानवअधिकारको उपभोग गर्दै अवरोधमुक्त वातावरणमा उत्पादनशील, मर्यादित, आत्मसम्मानपुर्ण र स्वावलम्बी जीवन जिउन पाउने समाजको निर्माण गर्ने उल्लेख गरेको छ ।

कार्यक्रममा अपाङ्ग सङ्गठन नेपालका संयोजक तथा पुर्व सभासद् इन्द्रमाया गुरुङ,  लोकतान्त्रिक अपाङ्ग संघका सदस्य उदय बहादुर लिम्बु, बौद्धिक अपाङ्गताका अभिभावहरुको संस्थाका अध्यक्ष मुकुन्दहरी दाहाल, अनेरास्ववियु अनुशासन कमिटीका सदस्य टिकाराम पराजुली, अपाङ्ग मानवअधिकार केन्द्र नेपालको अध्यक्ष तारा बदन सेढाई,  समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम तथा अपाङ्गता भएका व्यक्तिका अधिकारकर्मी सूर्यभक्त प्रजापति लगायत अतिथी रहनुभएको थियो ।

राष्ट्रिय शारीरिक अपाङ्ग महासङ्घ नेपालको अध्यक्ष बालकृष्ण गैह्रे सभाध्यक्ष रहनुभएको उक्त कार्यक्रमको संस्थाका महासचिव रमेश लामाले सहजिकरण गर्नुभएको थियो ।


  • 312
  •  
  •  
  •  
  •  
  •  
  •  
    312
    Shares
प्रतिक्रिया
Loading...