विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

राशिफल: ०४ पौष २०७५ बुधवार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउला । प्रेममा बाधाका साथै मन कमजोर रहला । वैदेशिक क्षेत्र कमजोर रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाईनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योगछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मन खिन्न हुने स्थिति आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको सहयोग पाईनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जोश जाँगर र हिम्मत वढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बबढ्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time