Wednesday, April 14, 2021

रामदेवको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, १९ वैशाख । नेपाली काँग्रेसले सिरहाको कल्याणपुर नगरपालिका १२ वेलहा निवासी काँग्रेसका वडा इकाई सभापति एवं पूर्वगाविस अध्यक्ष रामदेव यादवको निधनप्रति दुःख व्यक्त गरेको छ ।

विगत केही समयदेखि अर्बुद रोगबाट पीडित ७० वर्षीय यादवको गए राति सिरहास्थित आफ्नै निवासमा निधन भएको थियो । काँग्रेसले आज एक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

स्वर्गीय यादवले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •