विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

राजधानीको विषयमा यस्तो विचार दुई थापाको

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गगन भन्छन् अपायक भयो, कमल भन्छन् जनतासँगको बाचा पूरा भयो

पूर्वस्वास्थ्यमन्त्री एवं कांग्रेस युवा नेता गगन थापाले प्रदेश ३ को राजधानी हेटौंडा अपायक भएको बताएका छन् ।

शनिबार बनेपामा आयोजित कार्यक्रममा उनले भौगोलिक र प्रदेशको केन्द्रको हिसावले हेटौंडाभन्दा काभ्रे नै उपयुक्त भएको बताएका छन् ।

प्रदेश ३ का १३ जिल्लामध्ये अधिकांशलाई हेटौंडा अपायक भएको बताउँदै स्थायी राजधानी काभ्रे नै बनाउनुपर्नेमा उनले जोड दिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

उता, उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले प्रदेश ३ को राजधानी हेटौंडा कायम गरेर आफूले चुनावको समयमा मकवानपुरका जनतासँग गरेको बाचा पूरा गरेको दाबी गरेका छन् ।

म हेटौंडा राजधानी भएपछि पाइला टेक्दा निकै भावुक भएँ, मैले चुनाव हारे पनि जनतासँग गरेको बाचा पूरा गरेको छु । उनले भने ।

शनिबार हेटौंडामा आयोजित एक कार्यक्रममा उनले भने, सातै प्रदेशको अस्थायी राजधानी नै स्थायी रुपमा रहने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time