Monday, September 21, 2020

राका सहरको सर्वसाधारणको रक्षा गर्न संयुक्त राष्ट्रसङ्घीय प्रमुखको अपिल

संयुक्त राष्ट्रसङ्घ (संयुक्त राज्य अमेरिका), ८ असार ।

सिरियाको राका सहर इस्लामिक स्टेट्सको कब्जाबाट मुक्त गराउनका लागि अमेरिका आवद्ध सैन्य बलको सहयोगमा भएको भीषण आक्रमणबाट सर्वसाधारणलाई बचाउनका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनिओ गुटेर्रेसले बुधबार अपिल गर्नुभएको छ ।
सिरियाली सहर राका र सिरियाको नै अन्य स्थानमा सैनिक कारबाहीको क्रममा सर्वसाधाारण नागरिक र उनका आधारभूत आवश्यकताका लागि रक्षा गर्न सेना सबै शक्ति प्रयोग गर्न पनि उहाँ अपिल गर्नुभएको जारी विज्ञप्तिमा जनाइएको छ ।
सिरियाभरी नै सर्वसाधारण नागरिक अत्यन्त भयभीय अवस्थामा रहेका र त्यसमाथि पनि राकाको अवस्था अत्यन्तै नाजुक रहेको गुटेर्रेसले बताउनुभएको छ ।
गुटेर्रेसले सिरियामा मानवीय सहयोग गरिरहेका सबै पार्टीलाई तत्काल अत्यावश्क खाद्य सामग्री र औषधि राकामा पठाउनसमेत अपिल गर्नुभएको छ ।
सिरियामा गत ६ वर्षदेखि जारी युुद्धको क्रममा तीन लाख २० हजारभन्दा बढी व्यक्ति मारिएका छन् । सिरियाली राष्ट्रपति बसर अल असादको राजीनामाको माग गर्दै सुरु भएको यस आन्दोलनले गृहयुद्धको रूप लिएपछि यस युद्धमा इस्लामिक स्टेट्स र अलकायदाजस्ता आतङ्ककारीहरू हाबी हुँदै गए ।
सन् २०११ देखि हालसम्म जारी द्वन्द्वमा परी सो समयदेखि हालसम्म लाखौँ व्यक्ति मारिनुको साथै घाइते भएका छन् । लाखौँले आफ्नो देश र विदेशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •