विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

रसुवागडी सडकखण्डमा सडक जिर्ण छ, रकम खर्च भएन,

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुजन प्रेमी 

रसुवा, ३ असार ।
पासाङल्हामु राजमार्ग्स्थित रसुवाखण्डको मर्मत तथा सुधारका लागि आएको बजेट यो वर्ष पनि खर्च हुन सकेन । जिल्लाको वेत्रावतीदेखि रसुवागढीसम्म जिर्ण बनेको सडक सुधा का लागि आएको साढे तीन करोड रुपैयाँ सडक डिभिजन कार्यालय नुवाकोटमा नै थन्किएको हो । सडक डिभिजन कार्यालय नुवाकोटका अनुसार यो वर्ष रसुवाको ठाडेदेखि स्याफ्रुबेंशीसम्म बिग्रिएको तथा खाल्डाखुल्डी परेको सडकलाई एक लेयर बनाउने काम गर्ने लक्ष्य राखिएपनि लक्ष्य पूरा हुन नसकेको हो । जिर्ण सडक मर्मत गर्ने लक्ष्य भएपनी रकम निकासामा ढिलाई भएपछि काम गर्न नसकिएको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख रोहित कुमार विसुरालले बताउनुभयो । रकम निकासामा भएको ढिलाई र टेन्डर प्रक्रिया समयमा नै हुन नसकेकाले रकम खर्च हुन नसकेको कार्यालयले जनाएको छ । गत वर्षपनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट आएको साढे दुई करोड रुपैयाँ खर्च हुन सकेको थिएन् । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि रसुवागढि नाका सञ्चालनमा आएसँगै क्षमताभन्दा बढी भार भएका गाडीको आवतजावत र लामो समयदेखि मर्मत नहुँदा राजमार्ग जीर्ण बनेको बन्दै गएको छ । सडकमा खाल्डाखुल्डी धेरै भएको कारण राजमार्गमा गुड्ने गाडीलाई समस्या भएको छ । सडकमा भएको खाल्डोले दुर्घटनाको जोखिम समेत बढेको सवारी चालकहरुको गुनासो छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time